+
+
Shares

मध्यरातमा कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा (तस्वीरहरू)

उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ १ गते २:१९

१ माघ, काठमाडौं । आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’

करिब सवा ११ बजेपछि हलमा पुगेका सभापति गगन थापासहितका पदाधिकारी र केन्द्रीय सदस्यको नाम मेलैसँगै पढ्ने र राजनीतिक भाषण गर्ने हुँदा करिब २ घण्टा समय लाग्यो ।

यसैबीच कांग्रेस विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । कांग्रेसमा संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशन र सहमतिको अन्तिम रस्साकस्सी विफल भएपछि समिति घोषणा भएको हो ।

जे भए पनि दुई महामन्त्रीले आँटेसम्मको काम आज पूरा गरेका छन् । दुवै घोषणा सभामा एक अर्काप्रति आभारी देखिए । गगनलाई विश्वले र विश्वलाई गगनले माला लगाइदिए । हलभर उपस्थितले मिनैटै पिच्छे ‘गगन दाई, हाई हाई, विश्व दाई हाई हाई’ जस्ता नारा लगाइरहे ।

नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा नपर्ने विश्वास छ ।’

महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका छन् । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

तस्वीरहरू:

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?