+
+
Shares

‘ब्ल्याकपिंक’ को नयाँ एल्बम ‘डेडलाइन’ १५ फागुनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • के-पप समूह ब्ल्याकपिंकले १५ फागुन बिहान ९ बजेर ४५ मिनेटमा नयाँ एल्बम 'डेडलाइन' सार्वजनिक गर्ने घोषणा गरेको छ।
  • ब्ल्याकपिंकको नयाँ एल्बम 'डेडलाइन' साढे तीन वर्षपछि आउने पहिलो सामूहिक प्रस्तुति हुनेछ।
  • ब्याण्डले गत वर्ष नयाँ म्युजिक भिडियो छायाङ्कन र प्रचारका कामहरू सकिसकेको छ र विश्व भ्रमणमा व्यस्त छ।

सियोल । विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो ।

एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् ।

साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको हो । सन् २०२२ मा सार्वजनिक भएको उनीहरूको दोस्रो स्टुडियो एल्बम ‘बोर्न पिङ्क’ पछि ब्याण्डको यो पहिलो सामूहिक सांगीतिक प्रस्तुति हुनेछ ।

नयाँ एल्बमको घोषणासँगै सामाजिक सञ्जालमा एउटा टिजर भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त टिजरले एल्बम रिलिजको मिति र समयलाई आधिकारिक रूपमा पुष्टि गरेको छ ।

जसअनुसार, २७ फेब्रुअरी (१५ फागुन) मा नेपाली समयानुसार बिहान ९ बजेर ४५ मिनेटमा ब्याण्डको एल्बम रिलिज हुनेछ । लामो समयदेखि व्यक्तिगत प्रोजेक्टमा व्यस्त रहेका चारैजना सदस्यहरू (जिसु, जेनी, रोजे र लिसा) पुनः एकसाथ देखिने भएपछि विश्वभरका प्रशंसकमा उत्साह छाएको छ ।

एल्बमको नामलाई लिएर धेरैमा कौतुहलता रहे पनि अन्ततः यो समूहले आफ्नो विश्व भ्रमण कै नाम ’डेडलाइन’ लाई एल्बमको शीर्षकको रूपमा रोजेको देखिएको छ ।

स्रोतका अनुसार, ब्याण्डले गत वर्षको अन्त्यतिर नै नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरिसकेको छ । लगत्तै एल्बमको कभर फोटोसुट र अन्य प्रचारका कामहरू पनि सकिएको बताइएको छ ।

आगामी एल्बम ’डेडलाइन’ पछिल्लो चर्चित डिजिटल सिंगल ‘जम्प’ सार्वजनिक भएको करिब ७ महिनापछि आउन लागेको हो । ‘जम्प’ सन् २०२५, जुलाई ११ मा रिलिज भएको थियो, जसले विश्वव्यापी चार्टमा राम्रो सफलता पाएको थियो ।

एल्बम सार्वजनिक हुनुअघि ब्याण्ड अहिले आफ्नो भव्य विश्व भ्रमणमा व्यस्त छ । सन् २०२५ देखि सुरु भएको यो ‘डेडलाइन’ वल्र्ड टुर आगामी जनवरी २६, २०२६ मा हङकङको काइ ताक स्टेडियममा एक विशेष सांगीतिक समारोहका साथ समापन हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?