+
+
Shares

आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा बुझायो कागजात (तस्वीरहरु)

गगन थापा पक्षले विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २ गते ११:५४

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो ।

गगन थापा पक्षले गत पुस २७ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन गरेर थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।

यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरु आज निर्वाचन आयोग पुगेका थिए ।

आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रुपमा अर्थ्याएका थिए ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीको बन्दसूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा अर्को पक्षले कांग्रेसको आधिकारिकता दाबी गरेको बताउँदै उनले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्रका संकेतको रुपमा व्याख्या गरे । ‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं,’ खड्काले भने ।

निर्वाचन आयोगमा केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली पुगेको थियो ।

No description available.

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?