News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थाप नेतृत्वको निर्वाचित समितिले नेपाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएको छ।
- शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले पनि आधिकारिकता दाबी गर्दै आयोग पुगेको छ।
- निर्वाचन आयोगले दुवै पक्षलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको छ।
२ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । आजैमात्र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए ।
उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरु आयोग कार्यालय पुगेका हुन् ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस अन्तिम साता विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगको ध्यानाकर्षण गराएको हो ।
देउवा र थापा दुवै पक्षले आधिकारिक कांग्रेस आफूहरु भएको दाबी गर्दै आयोगमा निवेदन दिएका छन् । बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अध्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो ।
आयोगले कांग्रेसका दुवै पक्षलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको छ ।
प्रतिक्रिया 4