News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन्।
- उहाँले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा चुनाव हुने र कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्नुभयो।
- उहाँले भने, 'चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ'।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताएका हुन् ।
‘चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ’ उनले भने ।
कांग्रेसमा अहिले आधिकारिकताको विवाद चर्किएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस दुवैले निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।
आजै दुवै कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4