News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा अलिक श्रेष्ठको ६३औं मिनेटको निर्णायक गोलले न्युरोड टिमलाई १-० ले पराजित गरी विजयी सुरुवात गरेको छ।
- दशरथ रंगशाला, त्रिपुरेश्वरमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो र दोस्रो हाफमा मछिन्द्रले अग्रता कायम राखेको थियो।
- एनआरटीले खेलमा फर्कने अवसर पाए पनि फिनिसिङ चुस्त नभएपछि मछिन्द्रले सुरुवाती ३ अंक जोडेको छ।
२ माघ, काठमाडौं । अलिक श्रेष्ठले गरेको एक मात्र निर्णायक गोल मद्दतमा मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुक्रबार भएको एक मात्र खेलमा मछिन्द्रले न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको हो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि मछिन्द्रका लागि अलिक श्रेष्ठले दोस्रो हाफको ६३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यही अग्रता कायम राख्दै मछिन्द्रले सुरुवाती ३ अंक जोडेको हो । एनआरटीले पनि खेलमा फर्कने अवसर पाएपनि फिनिसिङ चुस्त रहन सकेन ।
राष्ट्रिय लिगमा शनिबार ३ खेल हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे चित्लाङ एफसी र नव जनजागृति युवा क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ ।
यस्तै दोस्रो खेल त्रिभुवन आर्मी क्लब र मनाङ रम्स्याङ्दी बीच दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ । यसैगरी तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच साँझ साढे ६ बजे दशरथ रंगशालामै हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर








प्रतिक्रिया 4