+

साफ फुटसल च्याम्पियनसिप : नेपालले श्रीलंकालाई हरायो

२०८२ माघ  २ गते १८:२५ २०८२ माघ २ गते १८:२५
साफ फुटसल च्याम्पियनसिप : नेपालले श्रीलंकालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २–१ ले हराउँदै पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
  • सरोज तामाङले दुई गोल गर्दै नेपाललाई जित दिलाएका थिए भने मोहमेद साजनले श्रीलंकाका लागि अग्रता गोल गरेका थिए।
  • नेपाली पुरुष राष्ट्रिय फुटसल टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि पहिलो पटक जित हात पारेको हो।

२ माघ, काठमाडौं । थाइल्यान्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले विजयी सुरुवात गरेको छ ।

सरोज तामाङको दुई गोलमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको हो ।

खेलको १०औं मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएका थिए । तर नेपालल पाँच मिनेटपछि नै बराबरी गोल फर्कायो । सरोज तामाङले बराबरी गोल गरेका थिए ।

त्यसपछि सरोजले दोस्रो हाफमा निर्णायक गोल गर्दै नेपाललाई जित दिलाए ।

नेपाली पुरुष राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि पहिलो जित हात पारेको छ ।

नेपाली पुरुष फुटसल टिमले पछिल्लो पटक सन् २०१८ मा पाकिस्तानलाई २–१ ले हराएको थियो ।

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय