News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- बार्सिलोना रेसिङ सान्टानडारालाई २-० ले पराजित गरेको हो।
- फेरान टोरेस र लामिन यामलले दोस्रो हाफमा गोल गरेका थिए।
२ माघ, काठमाडौं । फेरान टोरेस र लामिन यामलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको खेलमा रेसिङ सान्टानडारालाई २-० ले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो ।
सान्टानडरको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेपनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको हो ।
फेरान टोरेसले फर्मिन लोपेजको पासमा ६८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने यामलले दोस्रो हाफमा इन्जुरी टाइममा गोल गर्दै जित निश्चित गरेका थिए ।
रियल मड्रिड अल्बासेटेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा बार्सिलोना अब उपाधिको प्रबल दाबेदारको रुपमा रहेको छ ।
यस्तै अर्को खेलमा बुर्गोसलाई २-० ले नै पराजित गर्दै भ्यालेन्सियाले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बार्सिलोनासहित ला लिगाका ७ क्लब र दोस्रो श्रेणी अर्थात सेगुन्डा डिभिजनबाट अल्बासेटे गरी ८ टिमले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
अब जनवरी १९ मा क्वाटरफाइनल ड्र हुनेछ । क्वाटरफाइनलका खेलहरु फेब्रुअरी ३-५ मा हुनेछ ।
तस्बीर : एफसी बार्सिलोना
प्रतिक्रिया 4