+

वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु

२०८२ माघ  २ गते १२:३८ २०८२ माघ २ गते १२:३८
वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एथ्लेटिक्स संघले वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु गरेको छ जसको उद्देश्य योग्य प्रशिक्षक उत्पादन गर्नु हो।
  • कोर्स दुई चरणमा माघ २ देखि ६ र माघ ८ देखि १२ सम्म हुनेछ र कुल ६० जना सहभागी हुनेछन्।
  • प्रशिक्षणमा एथ्लेटिक्स फेडेरेसन इन्डियाका प्रशिक्षक प्रभाकरण राधा कृष्णन नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिल नरसिंह राणाले प्रशिक्षण दिनेछन्।

२ माघ, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु गरेको छ ।

एथ्लेटिक्स खेलको विकास गर्नेका लागि योग्य प्रशिक्षकहरुको उत्पादन गर्ने उदेश्यका साथ उक्त कोर्स आयोजना गरिएको संघले जनाएको छ ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले शुक्रबार त्रिपुरेश्वरस्थित संघको हलमा आयोजित एक कार्यक्रमकाबीच कोर्सको उद्घाटन गरे ।

संघका अध्यक्ष शाहले एथ्लेटिक्स खेलको विकासका लागि सुरुमा योग्य प्रशिक्षक उत्पादन गर्नुपर्ने र त्यसपछि मात्र राम्रो खेलाडी उत्पादन गर्न सकिने बताए ।

शाहले एथ्लेटिक्स संघले प्रतियोगिता आयोजना मात्र नभए प्रशिक्षकहरुका लागि कोर्स आयोजना गर्ने लगायत विभिन्न कार्यक्रमहरु गर्ने बताए । उनले एथ्लेटिक्स संघले वर्ल्ड च्याम्पियनसिप देखि एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि जनाइरहेको बताए ।

यस्तै वर्ल्ड एथ्लेटिक्सबाट वार्षिक १५ हजार डलर प्राप्त हुने र त्यसले मात्र संघले सबै गतिविधि गर्न नसक्ने भएकोले राष्ट्रिय खेलकुद परिषद देखि निजी क्षेत्रहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

संघका महासचिव सन्जिव तुलाधरले एथ्लेटिक्स संघले खेल मात्र नभएर प्रशिक्षकहरुको विकासका लागि समेत कोर्स आयोजना गर्ने प्रयास गरेको र त्यसको सुरुवात भएको बताए ।

दुई चरण आयोजना हुने उक्त कोर्समा कूल ६० जना सहभागि हुने संघका सचिव आरके विष्टले जानकारी दिए । उनका अनुसार पहिलो चरण माघ २ देखि ६ गतेसम्म हुनेछ र त्यसमा ३० जना सहभागि हुनेछन् । यस्तै माघ ८ देखि १२ गतेसम्म हुने दवस्रो चरणमा पनि ३० जना सहभागि हुने विष्टले जानकारी दिए ।

सहभागिहरुलाई एथ्लेटिक्स फेडेरेसन इन्डियाका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिल नरसिंह राणाले प्रशिक्षण दिनेछन् ।

पहिलो दिन शुक्रबार सैद्धान्तिक क्लास हुने र त्यसपछि प्राक्टिकल क्लास हुने नायरले जानकारी दिए ।

नेपालका पनि एथ्लेटिक्सको यस प्रकारको कोर्सको सुरुवात भएको नायरले खुशी व्यक्त गर्दै यसबाट राम्रा प्रशिक्षकहरु उत्पादन हुने विश्वास व्यक्त गरे ।

यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा चार पटकका स्वर्णधारी तथा ओलम्पिक बैकुण्ठ मानन्धरले एथ्लेटिक्सले प्रशिक्षकहरुका लागि कोर्स आयोजना गरेर राम्रो काम गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिँदे हरेक वर्ष बयोजना गर्नुपर्ने बताए ।

उनले एक जना प्रशिक्षकले काठमाडौं बाहिर गाउँ-गाउँमा गएर एक-एक खेलाडी उत्पादन गर्न सके राष्ट्रका लागि त्यो राम्रो हुने बताए ।

नेपाल एथ्लेटिक्स संघ वर्ल्ड एथ्लेटिक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय