+

वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित

२०८२ माघ  २ गते १८:२१ २०८२ माघ २ गते १८:२१
वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ।
  • नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ।
  • नेपालले समूह चरणमा थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाबेको सामना गर्ने छ।

२ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई अमेरिकाले ६ विकेटले हराएको हो ।

नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका लागि चेतना रेड्डीले अविजित ५६ रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री, रिया शर्मा र सोमु विष्टले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो ।

नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । सम्झना खड्काले २४, कविता जोशीले २०, रोमा थापाले १९ तथा पूजा महतोले १७ रन बनाइन् ।

नेपाल यसअघि पहिलो वार्म अप खेलमा आयरल्यान्डसँग पराजित भएको थियो ।

अब आइतबारदेखि मुख्य प्रतियोगिता सुरु हुँदै छ । नेपालले समूह चरणमा थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाबेको सामना गर्ने छ ।

नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय