+
+
Shares

झापा–१ मा अशेष र ५ मा रञ्जित नेकपाका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १८:५५

३ माघ, विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाका दुई क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको  छ ।

पार्टीले झापा क्षेत्र नम्बर १ मा इन्जिनियर अशेष घिमिरे र क्षेत्र नम्बर ५ मा विद्यार्थी नेता रञ्जित तामाङलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले उम्मेदवारहरूलाई टिकट हस्तान्तरण गरे ।

झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका इन्जिनियर अशेष घिमिरे युवा नेता हुन् ।  यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका थिए ।

झापा क्षेत्र नम्बर ५ मा नेकपाका तर्फबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले टिकट पाएका छन् । तामाङलाई संयोजक प्रचण्डले टिकट प्रदान गरेका हुन् । यो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

२०७९ को निर्वाचनमा यहाँबाट ओली भारी मतान्तरले विजयी भएका थिए । आगामी फागुन २१ को निर्वाचनमा ओली र नेकपाका तामाङसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि उम्मेदवारी दिने तयारी गरेपछि झापा–५ देशभरकै चासोको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?