News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ सदस्यीय केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण पेरिसडाँडामा जारी छ।
- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिइसकेका छन्।
- भौतिक रुपमा उपस्थित हुन नसक्ने सदस्यलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ।
२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि शपथ जारी छ ।
नेताहरूका अनुसार, नेकपाले २४९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिइसकेका छन् ।
उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4