+

म्यानचेष्टर डर्बीमा युनाइटेडको सानदार जित

२०८२ माघ  ३ गते २०:२६ २०८२ माघ ३ गते २०:२६
म्यानचेष्टर डर्बीमा युनाइटेडको सानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको छ ।
  • माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो ।
  • ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरेका थिए ।

३ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ ।

शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको हो ।

माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो ।

युनाइटेडका लागि ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल गरे ।

जितपछि युनाइटेड २२ खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । समान खेलबाट सिटी ४३ अंकसहित दोस्रो स्थानमै छ ।

तस्बीर : प्रिमियर लिग

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय