३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् ।
शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए ।
झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ ।
झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4