News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ।
- थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन्।
- नेपाल समूह 'बी' मा थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
४ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ ।
थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।
समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ ।
नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, कविता जोशी, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ
थाइल्यान्डको प्लेइङ ११ : नारुमोल चाइवाइ, अफिसरा सुवानचोनराथी, नथाकन चन्थम, नानपत कोन्चारोन्काइ, चनिदा सुथिराङ, फनिता माया, सुलीपर्न लाओमी, ओनिचा काम्चोम्फु, सुनिदा चतुरोङरताना, थिपाथ्चा पुथावोङ, सुआनन खियोटो
प्रतिक्रिया 4