+
+
Shares

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

‘फैसला होइन न्याय’ भन्दै भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरुले प्रदर्शन गरेका हुन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ माघ ४ गते १२:५१

४ माघ, काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ ।

थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन गरेका हुन् ।

यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक-पटक प्रदर्शन गर्दै आएका छन् । हाल कायम २० मिटर छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।

सरोकारवालाहरुले सर्वोच्चको फैसलालाई गैरन्यायिक र गैरसंवैधानिक भनेका छन् । सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका छन् ।

भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरुले प्रदर्शन गरेका हुन् ।

       

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?