+
+
Shares

घण्टीघरबाट केहीबेरमै निस्किए बालेन

उनले आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे । लगत्तै उनी त्यहाँबाट फर्किएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १६:०७
तस्वीर : शंकर गिरी/अनलाइनखबर

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालयबाट निस्किएका छन् ।

उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड जम्मा भएको थियो ।

उनले आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे । लगत्तै उनी त्यहाँबाट फर्किएका हुन् ।

उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।

रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?