News Summary
Generated by OK AI. Editorially reviewed.- डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।
- सिंहले भने, 'बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु' र आत्मदाहको चेतावनी दिएका छन्।
- उनी बालेनलाई देशको महानायक भन्दै मधेशलाई प्रधानमन्त्री दिन भोट मागेका छन्।
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।
बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ ।
‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे ।
‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4