News Summary
Generated by OK AI. Editorially reviewed.- अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
- रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले सिंहलाई पार्टी प्रवेश गराएका हुन्।
- सिंहले बालेनलाई प्रधानमन्त्री बनाएर मधेशको आन्दोलन सफल हुने बताए।
५ माघ, काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् ।
रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे ।
उनले आफू कुनै पदका लागि नै देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।
देशको लागि काम गर्दा आफुलाई पटक पटक बद्नाम गर्ने कोशिश भएको उनको भनाइ छ ।
उनले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4