News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डको कोरातमा आयोजित 'आईएम मोडल सर्च' मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जितेका छन्।
- जोसेफले जुनियर क्लबतर्फ शीर्ष उपाधि, 'द मस्ट प्रोमिसिङ मोडल' र 'बेस्ट इन गोसिज' सबटाइटल जितेका छन्।
- प्रतियोगितामा मनस्वी बस्नेतले 'द मस्ट प्रोमिसिङ मोडल' सबटाइटल जितिन् र शेर्पा समुदायको संस्कृति प्रस्तुत गरिन्।
काठमाडौँ । थाइल्यान्डको कोरातमा आयोजित बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘आईएम मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जितेका छन् ।
उनले जुनियर क्लबतर्फको शीर्ष उपाधि सहित ‘द मस्ट प्रोमिसिङ मोडल’ र ‘बेस्ट इन गोसिज’ को सबटाइटल समेत जित्न सफल रहे । उनीसँगै प्रतियोगितामा सहभागी मनस्वी बस्नेतले ‘द मस्ट प्रोमिसिङ मोडल’ को सबटाइल हात पारिन् ।
जनवरी १३ देखि १८ सम्म ६ दिनसम्म चलेको प्रतियोगितामा १८ देखि २० देशका बालबालिका सहभागी थिए । मनस्वी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको नेपाली प्रतियोगिता ‘मिलेनियम किड्स इन्टरनेसनल २०२६’ की विजेता हुन् ।
जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेसनल २०२५’ का विजेता हुन् । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए ।
पर्यटन प्रवर्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगितामा मनस्वीले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भेषभूष र संस्कृति प्रस्तुत गरेका थिए भने जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचानलाई प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4