+
+
Shares

रास्वपाका १४ निवर्तमान सांसद बने उम्मेदवार, ५ ले टिकट पाएनन्, २ ले पार्टी छोडे

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका १४ जना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनेका छन्।
  • रास्वपाका पाँच जना निवर्तमान सांसदले टिकट पाएका छैनन् भने दुई जना सांसदले पार्टी छोडेका छन्।
  • रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट र उपसभापति डोलप्रसाद अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन्।

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १४ जना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए । त्यसमध्ये १४ जना उम्मेदवार बनेका हुन् । पाँच जनाले टिकट पाएनन् । बाँकी दुई जना निवर्तमान सांसदले यसबीचमा रास्वपा नै छोडेर बसेका छन् ।

रास्वपा सभापति  रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उपसभापति डोलप्रसाद अर्याल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र अर्का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवार छन् । रास्वपाका प्रवक्ता मनिष झा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।

रास्वपाका निवर्तमान सांसद गणेश पराजुली काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवार छन् । अर्की निवर्तमान सांसद सोविता गौतम चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी छन् ।

विघटित प्रतिनिधिसभामा सचेतक रहेकी निशा डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी छन् । निवर्तमान सांसद डा. तोसिमा कार्की ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार छिन् ।

निवर्तमान सांसद शिशिर खनाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार छन् । अर्का निवर्तमान सांसद् अशोककुमार चौधरीे सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।

विघटित प्रतिनिधिसभामा उपसभामुख रहेकी इन्दिरा राना झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छिन् ।

निर्वतमान सांसद विनिता कठायत जुम्ला र हरि ढकाल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् ।

रास्वपाका तर्फबाट विघटित प्रतिनिधिसभामा रहेका पाँच जना सांसदले भने टिकट पाएनन् । जसमा निवर्तमान सांसदहरू विन्दबासिनी कंशाकार, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारीे र शिव नेपाली रहेका छन् ।

यसबीचमा रास्वपाका दुई जना निवर्तमान सांसदले भने पार्टी नै छाडेका छन् । ती हुन्– सुमना श्रेष्ठ र सन्तोष परियार ।

श्रेष्ठ अन्य कुनै दलमा जोडिएकी छैनन् । परियार भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा छन् । उनी प्रलोपाको पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य हुन् । उनी समानुपातिक सूचीमा बसेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनको समय मंगलबार भइरहेको छ ।

रास्वपाका निवर्तमान सांसदहरू जो बने उम्मेदवार

रवि लामिछाने – चितवन निर्वाचन क्षेत्र नम्बर २ ।

डोलप्रसाद अर्याल – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ ।

डा. स्वर्णिम वाग्ले – तनहुँ निर्वाचन क्षेत्र नम्बर १ ।

विराजभक्त श्रेष्ठ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ ।

मनिष झा – धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ।

गणेश पराजुली – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ ।

सोबिता गौतम – चितवन निर्वाचन क्षेत्र नम्बर ३ ।

निशा डाँगी – झापा निर्वाचन क्षेत्र नम्बर १ ।

डा. तोसिमा कार्की– ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ ।

शिशिर खनाल – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ ।

अशोककुमार चौधरीे – सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ ।

विनिता कठायत – जुम्ला ।

इन्दिरा राना – झापा निर्वाचन क्षेत्र नम्बर २ ।

हरि ढकाल – चितवन निर्वाचन क्षेत्र नम्बर १ ।

रास्वपाका निवर्तमान सांसदहरू जसले पाएनन् टिकट

विन्दबासिनी कंशाकार

डा. चन्दा कार्की (भण्डारी)

असिम शाह

लक्ष्मी तिवारीे

शिव नेपाली

रास्वपाका निवर्तमान सांसद, जसले पार्टी छाडे

सुमना श्रेष्ठ

सन्तोष परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?