७ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात गरेको हो ।
सार्वजनिक सवारीभित्रै चोरी तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले बताएको छ ।
यस्ता क्यामेरा जडानले दुर्घटना कसरी, के कारण भयो भन्ने पत्ता लगाउन पनि सहज हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4