News Summary
Generated by OK AI. Editorially reviewed.- होटल एसोसिएसन नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालबीच गीतसंगीत रोयल्टी भुक्तानी र सार्वजनिक प्रयोगको सम्झौता भएको छ।
९ माघ, काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) र संगीत रोयल्टी संकलन समाज नेपालबीच सम्झौता भएको छ । गीतसंगीत जस्ता बौद्धिक सम्पत्तिको तोकिएको रोयल्टी भुक्तानी गरी सार्वजनिक प्रयोगको अनुमति लिने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।
यस सम्झौतासँगै अब नेपालका विभिन्न तारे तथा सामान्य होटेलहरूबाट संगीत रोयल्टी उठाउन सहज हुने समाजका महासचिव वसन्त सापकोटाले बताए । सम्झौताअघि रोयल्टी भुक्तानी सम्बन्धमा यी दुई संस्थाले बारम्बार छलफल गर्दै आएका थिए । त्यस्तै होटलहरूमा बारम्बार रोयल्टी संकलन सम्बन्धीको पत्र उठाउँदा प्रश्नहरू पनि उठिरहेका थिए। अब भने त्यस्तो नहुने बताइएको छ ।
सम्झौतामा समाजकातर्फबाट अध्यक्ष सुरेश अधिकारी र हानको तर्फबाट महासचिव साजन शाक्यले हस्तक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4