News Summary
Generated by OK AI. Editorially reviewed.- यामप्रसाद गुरुङलाई नेपाली यू-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
- एन्फाले जनवरी ३१ मा दशरथ रंगशालामा चीन युनान युथ महिला टोलीसँग मैत्रीपूर्ण खेलका लागि गुरुङलाई नियुक्त गरेको हो।
- सहायक प्रशिक्षक सन्देश कुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी र टोली व्यवस्थापक दिपा छेत्री रहनेछन्।
११ माघ, काठमाडौं । यामप्रसाद गुरुङ नेपाली यू-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनवरी ३१ मा दशरथ रंगशालामा हुने चीन युनान युथ महिला टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
उनको सहायक प्रशिक्षकका रूपमा सन्देश कुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी र टोली व्यवस्थापक दिपा छेत्री रहनेछन्।
नियुक्ति पत्र एन्फाका महासचिव किरण राई ले एन्फाका पूर्व कार्यसमिति सदस्य सरिला श्रेष्ठ को उपस्थितिमा हस्तान्तरण गरेका थिए।
यो मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा विद्यालय र नेपाल ओभरसिज चाइनिज एसोसिएसन को संयुक्त आयोजनामा हुन लागेको हो।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उक्त खेलका लागि प्रारम्भिक रूपमा ३० खेलाडीलाई टोलीमा बोलाएका छन्।

प्रतिक्रिया 4