+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

गायनमा विजय बरालको डेब्यू, जेनजीका मुद्दा समेट्दै ल्याए ‘विधिको शासन’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजय बरालले १२ वर्ष लामो फिल्म करिअरमा 'पूर्णबहादुरको सारंगी' जस्ता ब्लकबस्टर फिल्म दिएका छन्।
  • उनी कवि र गायक पनि बनेका छन् र डेब्यू गीत 'विधिको शासन' युट्युबमा रिलिज भएको छ।
  • गीतमा २०४६ सालको जनआन्दोलनदेखि हालसम्मका राजनीतिक आन्दोलन र युवाको विद्रोह समेटिएको छ।

काठमाडौं । फिल्म र नाटक अभिनयमार्फत विजय बरालले दर्शकको मन जिते । १२ वर्ष लामो फिल्म करिअरमा उनले ‘पूर्णबहादुरको सारंगी’ जस्ता सर्वकालिन ब्लकबस्टर फिल्म दिए ।

उनी कविता पनि लेख्छन् । साहित्य रसमा समेत रुचि राख्ने विजय यही परिधिमा मात्र सीमित छैनन् । उनले सांगीतिक करिअर पनि थालेका छन् । उनी अब गायक समेत बनेका छन् ।

उनको स्वर रहेको गीत ‘विधिको शासन’ युट्युबमा रिलिज भएको छ । रोचक के छ भने, डेब्यू गीतमा विजयले प्रशान्त शिवाकोटीले संगीत भरेका छन् । प्रशान्त शिवाकोटी उनै हुन् जसले विजय अभिनित ‘पूर्णबहादुरको सारंगी’ र ‘वरिष्ठ बलराम’ मा समेत संगीत दिएका छन् ।

गीतमा वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसले उठाएका मुद्दाको भाव समेटिएको छ ।

२०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

पहिलो गायन अनुभवबारे विजय भन्छन्, “मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । त्यो विश्वासलाई आत्मसात गर्दै एउटा प्रयास गरेको हुँ ।’

उने भने, “यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा ब्यंग्य र खबरदारी हो । देशमा कसरी सुनौला सपना खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’

मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्वीर र फुटेज प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?