News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै सडकमा गाडीबाट खसेका छन्।
- जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले ४/५ जना समर्थक गाडीबाट खसेको र सामान्य घाइते भएको जानकारी दिएका छन्।
- बालेन शाह २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका छन् र चुनावी प्रचारका लागि पश्चिमा क्षेत्रमा पुगेका छन्।
१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।
बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।
‘४/५ जना समर्थकहरु गाडीबाट खसेको भन्ने आएको छ । विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको भन्ने जानकारी आएको छ’ एसपी जिसीले भने ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन् । उनी चुनावी प्रचार-प्रसारका लागि अहिले पश्चिततर्फ गएका छन् । बालेन भने झापा ५ बाट चुनाव लड्दैछन् ।
झापामा उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्ला पुगेर बालेन काठमाडौं फर्किएका थिए । त्यसपछि उनी आज पश्चिम लागेका हुन् ।
प्रतिक्रिया 4