+
+
Shares

रुकुमपूर्वमा तुसारोमा चिप्लिएर जिप दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते ७:४३

११ माघ, रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।

सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे-४ स्थित धौदापहिरामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज बिकका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ । सडकमा जमेको तुसारोका कारण चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटना ग्रस्त जिप सडकमा रहेको कारण पन्छाउने कार्य भैरहेको बिकल जानकारी दिए ।

जिपमा रहेका कुखुरा मरेका छन् । मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?