News Summary
Generated by OK AI. Editorially reviewed.- हिपहप कलाकार साकारले सन् २०२६ देखि २०२७ सम्म ठूलो योजनासहित र्याप गायनमा अघि बढ्ने बताएका छन्।
- साकारले बालेन शाह अक्षम भए आफू अन्तिम विकल्पका रूपमा राजनीतिमा आउने संकेत दिएका छन्।
- साकारले काठमाडौंमा मेट्रो रेल, गाउँ-गाउँ जोड्ने सडक, भ्रष्टाचार विरुद्ध कडा कारबाही र निःशुल्क स्वास्थ्य शिक्षा दिने योजना राखेका छन्।
काठमाडौं । जेनजी पुस्ताका चर्चित हिपहप कलाकार तथा र्यापर साकारको प्रसिद्धी नेपालमा मात्र सीमित छैन । डायस्पोराबाट समेत उनलाई निकै पछ्याइन्छ ।
उनी बेला-बेलामा सामाजिक र राजनीतिक टिप्पणी पनि गरिरहन्छन् । कोभिडको समयमा उनले दिएका कतिपय कुरा विवादास्पद बने । यसप्रति उनले माफी पनि मागिसकेका छन् ।
यतिबेला भने साकार गम्भीरतापूर्वक र्याप गायनमा अघि बढेको देखिन्छ । उनले लगातार गीत ल्याइरहेका छन् । केही दिनअघि उनले सन् २०२६ देखि २०२७ सम्म आफू ठूलै योजनासहित अघि बढेको बताएका थिए । यो भनिरहँदा लुक्स पनि नयाँ ल्याइसकेका छन् ।
लगत्तै साकारले अर्को एक पोस्टमा आफू सम्भवतः राजनीतिमा लाग्ने संकेत पनि दिएका छन् । बालेन शाह असक्षम भए आफू अन्तिम विकल्पको रुपमा राजनीतिमा लाग्ने उनको भनाइ छ ।
साकार लेख्छन्, ‘सबै कुरा हेरिसकेपछि, र एकपटक मौका दिँदा पनि यदि बालेन असक्षम सावित भए भने, अन्तिम विकल्पको रूपमा साकार राजनीतिमा आउनेछन् र नेपाललाई पूरै उथलपुथल पारिदिनेछन् भनेर सोचे हुन्छ । काठमाडौं र मुख्य सहरमा मेट्रो रेल, गाउँ-गाउँ र सहर जोड्ने चिल्ला सडक, भ्रष्टाचार गर्नेलाई जन्मकैद, विदेशी लगानी, पर्यटनको विकास, अनि सबैका लागि निःशुल्क स्वास्थ्य र शिक्षा र सायद… सम्भवतः… पक्कै पनि ! साकारको सरकार । जय नेपाल ।’
प्रतिक्रिया 4