News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त...’ युट्युबमा सोमबार रिलिज भएको छ।
- गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत छ।
- फिल्मको प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ र यसमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ।
काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ ।
अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।
पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले नृत्य निर्देशन गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।
प्रेमको कथावस्तु समेटिएको फिल्ममा शीतल केसी, भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदालको पनि अभिनय छ ।
कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्मस् टिमको छ । रामेश्वर हुमागाइँले खिचेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् ।
विनोद बमको पब्लिसिटी डिजाइन, पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको फिल्मको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । प्रदर्शन २०८३ सालमा गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4