+
+
Shares

राष्ट्रिय झन्डाको दुरुपयोगबारे राष्ट्रिय सभामा बहस : कारबाही गर्न माग 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १४:३१

१३ माघ, काठमाडौं । राष्ट्रिय सभा बैठक अहिले जारी छ ।

जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरिन् ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको बताइन् ।

उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झन्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैं लगाइएका झन्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।

उनले नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । टोटल ढंगले रोक्नुपर्छ । यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झन्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजबिन गर्नसकिने अवस्था छैन । त्यसैले यो झन्डाको दुरुपयोग भइराखेको कुरालाई टोटल सरकारले रोक्नुपर्छ ।’

उनले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?