+
+
Shares

गाउँपालिका अध्यक्षकै अगुवाइमा रुख कटान गरिएको आरोप

यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको अगुवाइमा बजार क्षेत्रका रुखहरू कटान गरिएको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १८:१३

१४ माघ, सिरहा । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू बिना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन्।

बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको आडमा काटिएको स्थानीयको आरोप छ। स्थानीय अरुण यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको अगुवाइमा बजार क्षेत्रका रुखहरू कटान गरिएको आरोप लगाए ।

उनले गाउँपालिका अध्यक्षसहित राजकुमार यादव, नागे यादव र विन्देश्वर यादव (फतुरिया)लगायत रुख कटानमा संलग्न रहेको बताए ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धानका क्रममा दोषी देखिए वन ऐनअनुसार कारबाही गरिने बताए । यस विषयमा बुझ्न पटक-पटक गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?