+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियारले उनीहरूमाथि सात करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १६:०७

१५ माघ, काठमाडौं । सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारी सहित २० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूमाथि सात करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

अख्तियारले भण्डारी सहित तत्कालीन कामु रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आषुतोश भण्डारी, अमितकुमार चौधरीमाथि मुद्दा चलाएको हो ।

अख्तियारले प्रतिष्ठानका शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी र अध्यापक डा. श्रीसिया पोख्रेलमाथि समेत मुद्दा चलाएको छ । खरिदको कुनै योजना नै नबनाई मेसिन खरिद गरेको र त्यसमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

त्यसैगरी सूचना प्रविधि अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र स्टाफ नर्स विन्दु पौडेलमाथि समेत मुद्दा चलाएको छ ।

अख्तियारले सीटीस्क्यान मेसिन आपूर्ति गर्ने हिमालयन मेडिटेक प्रालि र त्यसका सञ्चालक अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?