+
+
Shares

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १८:५३

२४ भदौ, काठमाडौं । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

 प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत,  अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् ।

सामाजिक सञ्जाल बन्द व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा समेत प्रदर्शन रोक्न तयार देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?