+
+
Shares

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १७:२४

१५ माघ, काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो ।

‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय सुनाउँदै अर्यालले भने ।

तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?