News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ का लागि मोहम्मद वासीमको कप्तानीमा यूएईको टोली घोषणा भएको छ।
- यूएईले ओमान, नेपालसँगै विश्वकपमा स्थान सुरक्षित गरेको थियो र समूह 'डी' मा न्युजिल्यान्ड, क्यानडा, अफगानिस्तान र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
- यूएईले विश्वकपअघि आयरल्यान्डसँग दुई खेलको टी-२०आई सिरिज खेलिरहेको छ र नेपाल तथा इटालीसँग वार्म–अप खेल खेल्ने छ।
१६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि मोहम्मद वासीमको कप्तानीमा यूएईको टोली घोषणा भएको छ ।
यूएईले ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया तथा इएपी छनोट प्रतियोगितामार्फत ओमान र नेपालसँगै विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।
टोलीका मुख्य प्रशिक्षक लालचन्द राजपुत हुन् भने पूर्व पाकिस्तानी खेलाडी यासिर अराफात फास्ट बलिङ प्रशिक्षक तथा जिम्बाबेका स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षकका रूपमा रहेका छन् ।
यूएईले यसअघि सन् २०१४ र २०२२ मा टी–२० विश्वकप खेलेको छ । दुवै पटक समूह चरणमै बाहिरिएको थियो ।
विश्वकपअघि यूएईले आयरल्यान्डसँग दुई खेलको टी–२०आई सिरिज खेलिरहेको छ । त्यसपछि नेपालसँग फेब्रुअरी ३ र इटलीसँग फेब्रुअरी ६ मा वार्म–अप खेल खेल्ने छ ।
समूह ‘डी’ मा रहेको यूएईले पहिलो खेल फेब्रुअरी १० मा न्युजिल्यान्डविरुद्ध चेन्नईमा खेल्नेछ । यो समूहमा क्यानडा, अफगानिस्तान र दक्षिण अफ्रिका पनि रहेका छन् ।
यूएईको टोली : मुहम्मद वासीम (कप्तान), अलिशान शराफु, आयंश शर्मा, ध्रुव पराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्धिकी, मयंक कुमार, मुहम्मद अरफान, मुहम्मद फारुक, मुहम्मद जवादुल्लाह, मुहम्मद जोहेब, रोहिद खान, सोहेब खान, सिम्रनजित सिंह
प्रतिक्रिया 4