News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च शिक्षालय तथा माध्यमिक सङ्घ नेपाल र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबीच तीन वर्षको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
- समझदारी अनुसार हिसानमा आबद्ध शैक्षिक संस्थाहरूमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिने र सचेतना कार्यक्रम आयोजना गरिनेछ।
- समझदारी हस्ताक्षरकै दिन क्यापिटल कलेजमा पहिलो संयुक्त रक्तदान कार्यक्रममा ९१ जनाले स्वैच्छिक रक्तदान गरेका थिए।
१८ माघ, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक सङ्घ नेपाल (हिसान) र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।
माघ १६ गते काठमाडौंको क्यापिटल कलेज तथा अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष डा. राजेन्द्र गिरि र हिसानका अध्यक्ष युवराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार हिसानमा आबद्ध शैक्षिक संस्थाहरूमा नियमित र योजनाबद्ध रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। साथै रक्तदानसम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्ने, विद्यार्थीहरूलाई सामाजिक सेवामा संलग्न गराउने विषय पनि समेटिएको छ।
रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, सामग्री, रक्त सङ्कलन, परीक्षण, ढुवानी तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी रक्तसञ्चार केन्द्रले लिने व्यवस्था गरिएको छ। समझदारी पत्रको अवधि तीन वर्षको रहनेछ।
समझदारी हस्ताक्षरकै दिन क्यापिटल कलेजमा पहिलो संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ, जसमा ९१ जनाले स्वैच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रम सफल बनाउन कलेजका विद्यार्थी क्लबहरूले र्यालीमार्फत रक्तदानको आह्वान गरेका थिए।
आगामी दिनमा शिक्षा, स्वास्थ्य, अनुसन्धान तथा सामाजिक क्षेत्रमा सहकार्य विस्तार गर्दै सुरक्षित र नियमित रक्त आपूर्ति सुनिश्चित गर्ने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया 4