News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा टोटनहमसँग २-२ को बराबरी खेलेको छ।
- खेलको पहिलो हाफमा रायन चेर्की र एन्टोइन सेमेन्योले गोल गरे भने दोस्रो हाफमा डोमिनिक सोलान्केले दुई गोल गरे।
- बराबरीपछि म्यान्चेस्टर सिटी २४ खेलमा ४७ अंकसहित दोस्रो स्थानमा छ भने टोटनहम १४औं स्थानमा छ।
१९ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा महत्वपूर्ण अंक गुमाएको छ ।
गएराति टोटनहमको मैदानमा भएको खेलमा पहिलो हाफमा २-० को अग्रता लिएर दोस्रो हाफमा सम्हालिन नसक्दा सिटी बराबरीमा रोकिएको हो । योसँगै शीर्षस्थानको आर्सनलसँग अंकदूरी छोट्याउने अवसर पनि गुमेको छ ।
खेलको ११औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गरेपछि पहिलो हाफमै सिटीले २-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा टोटनहमका डोमिनिक सोलान्केले दुई गोल गरे । ५३औं मिनेटमा पहिलो गोल गरेका उनले ७०औं मिनेटमा शानदार स्कोर्पियन किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि थप गोल नहुँदा दुवैले अंक बाँडे भने सिटीलाई धक्का लागेको हो । बराबरीपछि सिटी २४ खेलमा ४७ अंकसहित दोस्रोमा यथावत् छ भने २९ अंक भएको टोटनहम १४औं स्थानमा छ ।
प्रतिक्रिया 4