News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा लेभान्टेलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ।
- मार्क बर्नल, फ्रेन्की डे योङ र फर्मिन लोपेजले क्रमशः गोल गरे।
- बार्सिलोनाले २५ खेलबाट ६१ अंक जोडेको छ भने रियल मड्रिडको ६० अंक छ।
१० फागुन, काठमाडौं । लेभान्टेलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा लेभान्टेलाई ३-० ले पराजित गरेपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै पुन: शीर्षमा फर्किएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मार्क बर्नल, फ्रेन्की डे योङ र फर्मिन लोपेजले एक-एक गोल गरे ।
बर्नलले खेलको चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डे योङले ३२औं मिनेटमा अग्रता दोब्बर पारेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघि रह्यो ।
दोस्रो हाफमा लोपेजले ८१औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको ३-० को जित पक्का भयो ।
जितपछि बार्सिलोना २५ खेलबाट ६१ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएपछि बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको थियो । रियलको समान खेलबाट ६० अंक छ ।
प्रतिक्रिया 4