+
+
Shares

बालेनको प्रचारमा खटिएकी सविनासँग सादा पोशाकका प्रहरी थिए ?, अनुसन्धान हुँदै

अनुसन्धान प्रतिवेदन पेश गर्न झापाका निर्वाचन अधिकृतलाई निर्वाचन आयोगको पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको उजुरीपछि अनुसन्धान गर्न निर्देशन दिएको छ।
  • बालेनकी श्रीमती सविना काफ्ले र राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताको घरदैलो गर्दै मत माग्दा सादा पोशाकका प्रहरीसमेत सहभागी भएको उजुरी आयोगमा परेको छ।
  • निर्वाचन आयोगले अनुगमन अधिकृतलाई सादा पोशाकका प्रहरी खटिएको विषयमा सत्यतथ्य जाँच गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।

२० माघ, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ का मतदाताको घरदैलो गरेकी थिइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताहरूसँग बालेनका लागि मत मागेका थिए ।

सो टोलीमा सादा पोशाकामा प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरी आयोगमा परेको हो । उजुरी कर्ताले आयोगमा सविना र टोलीका अन्य सदस्यले मत माग्दै गरेको श्रव्यदृष्य सामग्री आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री’ प्राप्त भएको छ । यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

‘उल्लेखित सन्दर्भमा यहाँ अनुगमन अधिकृत रहेको जिल्लामा झापा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार श्री बालेन्द्र शाह (बालेन) को निर्वाचन प्रचारप्रसारको क्रममा निजको श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? आवश्यक अनुसन्धान गरी प्रतिवेदन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ निर्वाचन आयोगले पठाएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?