२१ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो ।
बंगलादेशका नागरिकहरूलाई बन्धक बनाइ राख्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा पाँच जना बंगलादेशी, १ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा बंगलादेश घर भएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हु, ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन् ।
त्यस्तै, भारत घर भएका ४१ वर्षीय सरोज कुमार र नुवाकोट घर भएका ३२ वर्षीय सशि पाठक रहेका छन् ।
प्रतिक्रिया 4