२३ माघ, काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक/एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ ।
बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीको निसर्ग हस्पिटल र चार जनाको बझाङकै देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4