२५ माघ, काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।
आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिइएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ / उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्न कांग्रेसले जानकारी गराएको छ ।
एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा अर्को क्षेत्रको वडामा गई क्रियाशील नहुन पार्टी पङ्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ । भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ ।
प्रतिक्रिया 4