News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ ले १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको छ र प्रचारप्रसारलाई तीव्रता दिएको छ।
- फिल्मको नयाँ गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ जसमा बसन्त सापकोटाको शब्द, संगीत र सविन सुबेदी तथा युक्ती बिमलीको स्वर छ।
- सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो पारिवारिक कथावस्तुमा आशीर्वाद क्षेत्री, निकिता आचार्य लगायत थुप्रै कलाकारको अभिनय छ।
काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । पोस्टर र ट्रेलरपछि गीत सार्वजनिक गरिएको छ ।
‘ए साइँला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द, संगीत छ । सविन सुबेदी र युक्ती बिमलीको स्वर छ । गीतमा शीर्ष कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्य देखिएका छन् ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4