News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६४ वर्षीय फिनल्याण्डका नागरिक इम्यिाज अहमद ४० ग्राम सुनसहित पक्राउ परेका छन्।
- उनी एअर इन्डियाको उडानमार्फत भारतको नयाँदिल्लीबाट काठमाडौं आएका थिए।
- पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।
२५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फिनल्याण्डका नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ६४ वर्षीय इम्यिाज अहमद छन् । शनिबार बेलुका उनलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट ४० ग्राम सुनसहित उनी पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
चार वटा बिस्कुटको आकारमा उनले ती सुन बोकर ल्याएको प्रहरीले बताएको छ ।
एअर इन्डियाको उडानमार्फत भारतको नयाँदिल्लीबाट उनी काठमाडौं आएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4