२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ ।
वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले पनि नेपाली टोलीलाई हौसला बढाइरहेकी छिन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेर खेल हेरिरहेकी उनले खेलाडीलाई उत्साहित बनाउँदै एक स्टाटस लेखेकी छिन् ।
उनले आफूले खेल हेरिरहेको तस्वीर सेयर गर्दै भनेकी छिन्, ‘आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको खेल: बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4