१५ माघ, हुम्ला । सर्केगाड गाउँपालिका–६ स्यालतडीमा भतिजको कुटाईबाट काकाको मृत्यु भएको छ ।
३५ वर्षीय नन्दलाल लवाडले मादक पर्दाथ सेवन गरी कुटपिट गर्दा २८ वर्षीय काका पुसे लावडको मृत्यु भएको हो ।
कुटपिटबाट घाइते पुसे लवाडलाई उपचार लागि नेपालगञ्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्समा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
काकाको मृत्युपछि फरार रहेका नन्दलाललाई पक्राउ गरिएको हुम्लाका डीएसपी शंकर खड्काले बताए । जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी खडकाले बताए ।
पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4