१९ माघ, हुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।
२१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी शंकर खड्काले जानकारी दिए ।
२१ वटा संवेदनशील मतदान स्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी परिचालन हुने र १३ वटा सामान्य मतदान स्थलमा ३९ जना नेपाल प्रहरी ६५ जना निर्वाचन प्रहरी खटिने डिएसपी खडकाले बताए ।
हुम्ला जिल्लाभर ६१ मतदान स्थलमा ६४ मतदान केन्द्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4