+
+
Shares

देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १७:५७

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।

उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ ।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो ।

‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भनेको छ ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व फेरेको छ । त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?