+
+
Shares

पीएचडी नसकिंदै डाक्टर लेखेर सह–नियन्त्रक बनेका प्रसाईं दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते २१:५०

२८ माघ, काठमाडौं । पीएचडी नसकिंदै सह–नियन्त्रक बनेका डिल्लीराम प्रसाईंलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि उनी सह–नियन्त्रक बनेका थिए ।

२०८१ मंसिरमा नियुक्ति पाएका उनलाई ६ महिना कैद र १० हजार जरिवाना तोकिएको छ ।

‘निज यसपूर्व सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति भई कार्य गरी सकेको र हाल सो पदमा आवेदन दिनका लागि निजको योग्यता पुगेको विषयमा विवाद नभएको अवस्था समेतलाई विचार गरी सोही दफा बमोजिम निज प्रतिवादी डिल्लीराम प्रसाईलाई ६(छ) महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम निज प्रतिवादीवाट रु.४००।– क्षतिपुर्ति शुल्क असुल गर्ने समेत ठहर्छ,’ फैसलामा भनिएको छ ।

छनोट समितिका सदस्यहरूले भने सफाइ पाएका छन् । जयलक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतिलाल शर्माले सफाइ पाएका हुन् ।

‘आवेदकहरुलाई अंक प्रदान गरी सिफारिस सम्म गरेको, निजहरुले नियुक्ती गर्ने कार्य नगरेको, साथै सो कार्यमा निज प्रतिवादीहरुको बदनियत पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरुको हकमा आरोप दावी वस्तुनिष्ठ तवरले पुष्टि हुन सकेको देखिएन,’ फैसलामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?