+
+
Shares

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८२ माघ २९ गते १८:३२

२९ माघ, बैतडी । बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो ।

दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए ।

भट्टलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याउँदा  चिकित्सकले मृत घोषणा गरेको सजल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?